फिल्म निर्माण सम्बन्धी काठमाडौँमा राष्ट्रिय सम्मेलन
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय(केयु)ले नेपाल चलचित्र निर्देशक समाज र किम्फसँग मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहीबार पर्यटन बोर्डमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै फिल्म विज्ञ, फिल्मकर्मी, अध्येता र फिल्मकर्मीको सहभागितामा ‘नेशनल कन्फ्रेन्स अन फिल्ममेकिङ इन नेपाल’ सुरु गरेको हो ।
कार्यक्रममा वरिष्ठ निर्देशक लक्ष्मी नाथ शर्माले नेपाली चलचित्रको निर्माणमा इतिहासदेखि वर्तमान सम्मको अवस्थाको जानकारी गराए ।कार्यक्रममा डकुमेन्ट्री माथिको छलफलमा डकुमेन्ट्री मेकर प्रणय लिम्बू, आलोक अधिकारी, इच्छा गुरुङ, दीपक तोलाङ्गे सहभागीले आफ्नो धारणा राखे ।
त्यस्तै दोस्रो सेसनमा रचना गर्भ माथि चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, निर्देशक सुजित बिडारी, सरिता शाह, सुचित्रा श्रेष्ठ र जनकदीप पराजुलीले धारणा राखेका थिए । फिल्म ‘चेजिङ रेन्बो’ देखाउँदै सकिएको कार्यक्रममा शुक्रबार विविध विषय बस्तुहरूको पेपर प्रिजेन्टेसन र सिनेमा स्क्रीनिङहरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण