भारतमा ब्याजदर यथावत्

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई)को मौद्रिक नीति समितिले लगातार सातौँ पटक पनि रिपो दरमा कुनै परिवर्तन गरेन । यो निर्णयसँगै होम लोनका ग्राहकले ब्याजदर घटाउन अझै कुर्नु पर्ने भएको छ ।
आरबीआईले बैंकहरूलाई ऋण दिने ब्याजदर हो रिपो रेट । यो दर बढ्यो वा घट्यो भने घर कर्जा, व्यक्तिगत कर्जालगायत अन्य कर्जा महँगो वा सस्तो हुन्छ । शुक्रबार मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले रिपो दर ६ दशमलव ५ प्रतिशतमा यथावत् रहने बताएका हुन् ।
प्रतिवेदनअनुसार जनवरी–फेब्रुअरीमा मुद्रास्फीति दर गत डिसेम्बरको ५ दशमलव ७ प्रतिशतबाट घटेर ५ दशमलव १ प्रतिशतमा झरेको छ । यो वर्षको मार्च २९ सम्म भारतको विदेशी मुद्रा सञ्चिति सञ्चिति भन्डार ६ खर्ब ४५ अर्ब ६० करोड डलरमा पुगेको उनले बताए ।
फरेक्स सञ्चिति यसअघि सन् २०२१ मा नै ६ खर्ब ४२ अर्ब डलरको स्तर नाघेको थियो तर युक्रेन युद्ध सुरु भएपछि यो घटेर ५ खर्ब २४ अर्ब डलरमा झर्यो । आर्थिक वर्ष २०२४ मा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशतले बढ्ने गभर्नरको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त