भारतमा ब्याजदर यथावत्
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई)को मौद्रिक नीति समितिले लगातार सातौँ पटक पनि रिपो दरमा कुनै परिवर्तन गरेन । यो निर्णयसँगै होम लोनका ग्राहकले ब्याजदर घटाउन अझै कुर्नु पर्ने भएको छ ।
आरबीआईले बैंकहरूलाई ऋण दिने ब्याजदर हो रिपो रेट । यो दर बढ्यो वा घट्यो भने घर कर्जा, व्यक्तिगत कर्जालगायत अन्य कर्जा महँगो वा सस्तो हुन्छ । शुक्रबार मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले रिपो दर ६ दशमलव ५ प्रतिशतमा यथावत् रहने बताएका हुन् ।
प्रतिवेदनअनुसार जनवरी–फेब्रुअरीमा मुद्रास्फीति दर गत डिसेम्बरको ५ दशमलव ७ प्रतिशतबाट घटेर ५ दशमलव १ प्रतिशतमा झरेको छ । यो वर्षको मार्च २९ सम्म भारतको विदेशी मुद्रा सञ्चिति सञ्चिति भन्डार ६ खर्ब ४५ अर्ब ६० करोड डलरमा पुगेको उनले बताए ।
फरेक्स सञ्चिति यसअघि सन् २०२१ मा नै ६ खर्ब ४२ अर्ब डलरको स्तर नाघेको थियो तर युक्रेन युद्ध सुरु भएपछि यो घटेर ५ खर्ब २४ अर्ब डलरमा झर्यो । आर्थिक वर्ष २०२४ मा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशतले बढ्ने गभर्नरको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण