मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ

शुक्रबार, २३ चैत २०८०, १३ : १२
शुक्रबार, २३ चैत २०८०

बुटवल । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गरेको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् । ती सबै जनाले नयाँ गठबन्धनलाई समर्थन गरेको प्रदेश सांसद नरमाया ढकालले बताइन् ।

नयाँ गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने विषयमा पार्टीभित्र विवाद रहेको बेला लुम्बिनीका सांसदले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेश सांसद ढकालले भनिन्, ‘लुम्बिनी प्रदेशमा विवाद छैन, लुम्बिनी प्रदेशलाई स्वतन्त्र छाडेको छ, हामीले रेशम चौधरीसँग सल्लाह गरेर नै समर्थन गरेका हौँ ।’ 

रेशम चौधरीले समर्थन गर्न भनेको कारण यो निर्णय गरिएको उनले बताइन् । आफूहरू चारै जनाले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाई सकेको उनले बताइन् ।

पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदको लागि माननीय जोकबहादुर महरालाई हाम्रो गौरवशाली पार्टी नागरिक उन्मुक्ति पार्टीको तपसिलका सम्पूर्ण माननीयज्युहरुको पूर्ण समर्थन रहेको जानकारी गर्दछौँ ।’

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँ चलिरहेको छ । रेशम चौधरीले महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका हुन् । तर सो बैठकको आधिकारिक नरहेको रञ्जिता श्रेष्ठले बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप