ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी
काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।
फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए । उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए । उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे । उनले जेठ मसान्तसम्म सक्ने प्रतिविद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभर निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए ।
यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण