१२ औँ महाधिवेशन ८१ पुसभित्र गर्ने नेविसंघको निर्णय
शुक्रबार, २३ चैत २०८०, १४ : २६
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्का अनुसार महाधिवेशनको मिति र कार्यतालिका भने मातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने छ ।
यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि नेविसंघको निर्णय छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्व बसेको पहिलो बैठकले महाधिवेशन, सांगठनिक गतिविधि गरी २४ वटा निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण