बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ औँ महाधिवेशन ८१ पुसभित्र गर्ने नेविसंघको निर्णय

शुक्रबार, २३ चैत २०८०, १४ : २६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१  पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्का अनुसार महाधिवेशनको मिति र कार्यतालिका भने मातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने छ ।

यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि नेविसंघको निर्णय छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्व बसेको पहिलो बैठकले महाधिवेशन, सांगठनिक गतिविधि गरी २४ वटा निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप