अदालत
सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर
शुक्रबार, २३ चैत २०८०, १७ : ३६
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण