सुदूरपश्चिमको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
शुक्रबार, २३ चैत २०८०, २० : २८
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २०८१/०१/०२ गते आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।
कमलबहादुर शाहले मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा अब नयाँ सरकार गठन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण