मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

शुक्रबार, २३ चैत २०८०, २० : २८
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 

 उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २०८१/०१/०२ गते आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।

कमलबहादुर शाहले मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा अब नयाँ सरकार गठन हुनेछ ।  

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप