सुन र तेलमा भएको उच्च मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा
काठमाडौँ । पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्यमा उच्च वृद्धि भएसँगै यसको प्रभाव नेपाली बजारमा समेत परिरहेको छ । जसको प्रभावस्वरुप बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँसम्म पुग्यो ।
खासगरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गर्दा घटेको ब्याजदर, शक्ति राष्ट्रहरूबिच बढ्दो तनावका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य अस्वाभाविक बढ्न गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम (क्रुड आयल ब्रिन्ट) को मूल्य ८३.९५ डलर पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९.४ प्रतिशतले बढेको हो ।
२०७९ फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारल ७६.७७ अमेरिकी डलर रहेको थियो ।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स १ हजार ९०७.५५ अमेरिकी डलर रहेको सुनको मूल्य २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले वृद्धि हुँदै २ हजार १६८.४० पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
जसको प्रभाव नेपाली बजारमा समेत पर्दा हिजो सुनको मूल्यमा उच्चता कायम भएको हो । तथापि, शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घट्दै नेपाली बजारमा सुनको मूल्य १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण