मुम्बई इन्डियन्सको क्याम्पमा सामेल भए सूर्यकुमार
मुम्बई । मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा टोलीबाट खेल्न तयार छन्। राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा रिह्याब गरेपछि यादव अहिले टोलीमा आबद्ध भएका छन् ।
सूर्यले शुक्रबार टोलीसँग अभ्यास पनि गरेका थिए । फिटनेस समस्याका कारण सूर्यकुमारले पहिलो तीन खेल खेल्न सकेनन् । उनको गत जनवरीमा जर्मनीमा ग्रोइनको शल्यक्रिया गरिएको थियो । उनको दोस्रो पटक ग्रोइनको शल्यक्रिया गरिएको थियो, त्यसपछि उनी बेंगलुरुको एनसीएमा पुनर्स्थापना गरिरहेका थिए।
मुम्बईले आफ्नो अर्को खेल दिल्ली क्यापिटल्ससँग अप्रिल ७ मा वानखेडेमा खेल्नेछ। तर, यो खेलमा उनले खेलमा शंका छ ।
सूर्यकुमारले आईपीएलमा हालसम्म खेलेका १३९ खेलमा १४३.३२ को स्ट्राइक रेटमा ३ हजार २४९ रन बनाएका छन् । गत सिजन उनले मुम्बई इन्डियन्सका लागि खेलेका १६ खेलमा ४३.२१ को औसतमा ६०५ रन बनाएका थिए।
सन् २०२३ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा फिल्डिङ गर्दा सूर्यकुमार घाइते भएका थिए । मैदानबाट बाहिरिएपछि उपकप्तान रविन्द्र जडेजाले टोलीको कप्तानी सम्हालेका थिए । त्यसयता उनी मैदानबाट टाढा छन् ।
सूर्यकुमारको अनुपस्थितिमा मुम्बई इन्डियन्सका लागि सिजनको सुरुवात राम्रो हुन सकेन । उसले अहिलेसम्म खेलेका तीनवटै खेलमा हार बेहोरेको छ ।
पहिलो खेलमा अहमदाबादमा गुजरातसँग र हैदराबादमा सनराइजर्ससँग मुम्बईले हार बेहोरेको थिए। घरेलु मैदान वानखेडे स्टेडियममा भएको अन्तिम खेलमा पनि टोली राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । यो सिजन अहिलेसम्म एक खेल जित्न नसकेको मुम्बई मात्र एक्लो टोली हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण