अल–नासरको सङ्घर्षपूर्ण जित
रियाद । साउदी प्रो लिगमा अल–नासरले दामाकमाथि सङ्घर्षपूर्ण जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा टोली १–० गोलले विजयी बनेको हो ।
खेलमा एमकिर लापोर्टेले इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले हेडरमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
अल हिलालविरुद्धको कप सेमिफाइनलका लागि नासरले क्रिस्टियानो रोनाल्डो, साडियो माने, मार्को ब्राजोविच र एलेक्स टेलेसजस्ता खेलाडीहरूलाई बेन्चमा राखेको थियो । तर, यो निर्णय टोलीका लागि झन्डै घातक साबित बनेको थियो ।
पहिलो हाफमा दामाकले खेलमा पूर्ण नियन्त्रण बनाउँदै अल नासरमाथि दबाब बनाएको थियो । दोस्रो हाफमा माने र रोनाल्डो मैदानमा प्रवेश गरेका थिए ।
८२ औँ मिनेटमा रोनाल्डोले घारिबका लागि गोलको अवसर सिर्जना गरे पनि उनी चुकेका थिए । तर, खेलको अन्त्यमा लापोर्टेले टोलीका लागि निर्णायक गोल गरे । अब अल–नासरले अप्रिल ८ मा साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण