शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अल–नासरको सङ्घर्षपूर्ण जित

शनिबार, २४ चैत २०८०, ०६ : ३३
शनिबार, २४ चैत २०८०

रियाद । साउदी प्रो लिगमा अल–नासरले दामाकमाथि सङ्घर्षपूर्ण जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा टोली १–० गोलले विजयी बनेको हो ।

खेलमा एमकिर लापोर्टेले इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले हेडरमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।

अल हिलालविरुद्धको कप सेमिफाइनलका लागि नासरले क्रिस्टियानो रोनाल्डो, साडियो माने, मार्को ब्राजोविच र एलेक्स टेलेसजस्ता खेलाडीहरूलाई बेन्चमा राखेको थियो । तर, यो निर्णय टोलीका लागि झन्डै घातक साबित बनेको थियो । 

पहिलो हाफमा दामाकले खेलमा पूर्ण नियन्त्रण बनाउँदै अल नासरमाथि दबाब बनाएको थियो । दोस्रो हाफमा माने र रोनाल्डो मैदानमा प्रवेश गरेका थिए । 

८२ औँ मिनेटमा रोनाल्डोले घारिबका लागि गोलको अवसर सिर्जना गरे पनि उनी चुकेका थिए । तर, खेलको अन्त्यमा लापोर्टेले टोलीका लागि निर्णायक गोल गरे । अब अल–नासरले अप्रिल ८ मा साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप