बागमतीमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौँ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको छ । चितवन, रसुवा र दोलखामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिकाको पुस्टियाङबाट सिंगटीनर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर सोही गाउँपालिका २ बाबरे बस्ने ३६ वर्षीय सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
ट्याक्टर चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही दिन सिन्धुलीको मदन भण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १२ च ६४७४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको स ९ प ३५२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा कार चालक ईश्वर पौडेलसहित ३ जना घाइते भएका हुन् । चालक पौडेललाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा बेहोस अवस्थामा भेटिएका एक विदेशी नागरिकको मृत्यु भएको छ । लाङटाङ घुमेर फर्किने क्रममा बेहोस भएका उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।
उनको नाम, थर र देश खुलिनसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका ३ मा एक व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको प्रहरीको भनाई छ । उनको शव अहिले भरतपुर अस्पतालमै रहेको बताइएको छ । उनको नाम, थर र ठेगाना नखुलेको प्रहरीको भनाई छ ।
चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भरतपुरकै जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण