तरकारीवाली कुशुम अभिनित ‘लम्फू’को यस्तो छ ‘सुको नहोस् यार’
काठमाडांै – २८ बैशाखमा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को डान्सिङ्ग गीत रिलिज भएको छ । ‘सुको नहोस् यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ ।
प्रमोद ढुंगानाको शब्द रहेको गीतको कोरियोग्राफर शिव बिक हुन् । गीतमा कलाकार कबिर खड्का र सलोन बस्नेत देखिएका छन् । गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि जिन्दगी रमाईलोसँग बितेका पलहरु देख्न पाइन्छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
चलचित्रमा तरकारीवालीको नामले संसारभर चिनिएकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन र हरि सिलवालको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण