सरोज र जुनिताले प्राप्त गरे प्रथम स्थान
काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गरेको सातौँ स्व.नीलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पुरुषतर्फ सरोज मानन्धर र महिलातर्फ जुनिता श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् ।
हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.नीलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा यसपटक विजेता बनेका सरोजले १० हजार र जुनिताले ७ हजार नगद पुरस्कार प्राप्त गरे । खुला रूपमा क्लबका प्रशिक्षार्थीहरुबिच गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने सरोजले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५०.२८ किलोग्राम तौल उचालेका थिए । त्यस्तै, दोस्रो हुने दिलेन्द्र महर्जनले ३ सय ४५.०६ केजी र तेस्रो हुने सन्तोष गिरीले ३ सय २०.३६ केजी तौल उचालेर क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यसैगरी, महिलातर्फ प्रथम हुने जुनिताले २ सय १३.१३ किलोग्राम उचालेकी थिइन् । दोस्रो हुने एनी सायराले १६०.६३ केजी र तेस्रो हुने पूजा सुनुवारले १४६.३६ केजी भार उचालेकी थिइन् । महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच र तीन हजार नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी डेमोस्ट्रेसन प्रतिस्पर्धाको रूपमा खेलाइएको डेडलिफ्टको मात्र एकल स्पर्धामा सर्वाधिक २ सय १० केजी भार उचालेर सविन परियारले नगद १० हजार पुरस्कार जित्न सफल भए । विजेताहरुलाई प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा काठमाडौँ १७ वडाका अध्यक्ष नवीन मानन्धर, विशेष अतिथि काठमाडौँ २७ वडाका अध्यक्ष योगेश खड्गी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, प्रथम मिस्टर नेपाल तथा व्यायाम मन्दिर डाइरेक्टोरियल काउन्सिलका शिवलाल श्रेष्ठ लगायतले नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण