तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीसँग बराबरीमा रोकियो पीएसजी
काठमाडौँ । फ्रेन्च लिग फुटबलको शनिबार राति सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्लर्मन्ट फुटसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
क्लर्मन्ट फुट लिग तालिकाको सबैभन्दा तल रहेको टोली हो । घरेलु मैदानमा खेलिएको आफ्नो पछिल्लो खेलमा पीएसजीले गतिलो प्रदर्शन गर्न सकेन । खेलको पहिलो हाफमै पीएसजीले गोल खाएको थियो ।
खेल सुरु भएको ३२औँ मिनेटमा क्लर्मन्टका लागि हबिब केइटाले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा क्लर्मन्ट फुट अगाडि रह्यो । दोस्रो हाफमा पनि क्लर्मन्टले बलियो पीएसजीलाई दबाबमा राखेको थियो ।
निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि पीएसजीले जवाफी गोल फर्काएको थियो । पीएसजीका लागि जवाफी गोल गोनकालो रामोसले गरेका थिए । उनले अनुभवी खेलाडी केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् ।
एमबाप्पे परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । पीएसजीका प्रशिक्षक लुइस एनरिकले आफ्ना अधिकांश प्रभावशाली खेलाडीलाई आराम दिएका थिए ।
यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लागि प्रशिक्षक एनरिकले आफ्ना अनुभवी खेलाडीलाई आराम दिएका हुन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पीएसजीले स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाको सामना गर्दैछ ।
हालसम्म २८ खेल खेलेको पीएसजी ६३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा आसिन ब्रेष्टले २७ खेलबाट ५० अङ्क बटुलेको छ । क्लर्मन्ट फुट भने २८ खेलबाट २१ अङ्क जोड्दै तालिकाको १८औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण