गृहमन्त्री लामिछानेमाथि सहकारीको विषयमा संसदीय समिति बन्नुपर्छ: नेता भण्डारी
आइतबार, २५ चैत २०८०, १० : ३२

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछाने विषयमा संसदीय बन्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियनको बुटवलमा राखेको पत्रकार सम्मेलन बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् ।
उनले नेपाली कांग्रेसले सोही अनुसार संसदमा विरोध गरेको प्रस्ट पारे । उनले सांसदले प्रश्न उठाएपछि विगतमा कांग्रेसका मन्त्री रामशरण महतले पनि राजीनामा दिएको स्मरण गरे।
उनले सङ्घ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी सङ्ख्या आधा घटाउनुपर्ने बताए। अहिले रहेका ३६ हजार जनप्रतिनिधि घटाएर १८ हजार बनाउनु पर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *