सञ्चार मन्त्रालय नै भ्रष्टाचारको अखडा रहेछ : मन्त्री शर्मा
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा रहेको बताएकी छिन् । प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले भनिन्– 'सञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्, थुप्रै ठाउँमा अनियमितता भएको पाएको छु । '
धेरै माथि मुद्दा चलाइएको भन्दै उनले सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् । मन्त्री शर्माले सुशासनको लागि आफू लागिपरेको भन्दै आम सञ्चारको क्षेत्रमा थुप्रै नीतिगत काम गरेको बताइन् ।
मिडिया काउन्सिल विधेयक पेस भएको बताउँदै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने गरी प्रसारण ऐन बनाउने काम भइरहेको बताइन् ।
सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै मन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण