शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण दलले गरायो देउवाको ध्यानाकर्षण

आइतबार, २५ चैत २०८०, १४ : २६
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीमाथि वाइडबडी प्रकरणमा मुद्दा दायर गरिएकोबारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

शाहीमाथिको मुद्दाबारे तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको टोलीले आइतबार बुढानीलकण्ठ पुगेर सभापति देउवाको ध्यानाकर्षण गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य शाहीलाई फसाएको क्षेत्रीको टोलीको भनाइ थियो ।

‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो कांग्रेसमाथिको हमला गरिएको छ,’ क्षेत्रीको टोलीले देउवालाई भनेको थियो । 

छलफलमा उपस्थित तरुण दल केन्द्रीय सदस्य दिल लामाले पार्टी सभापति देउवालाई नेता शाहीमाथि निष्पक्ष रूपमा अनुसन्धान होस भनी ध्यानाकर्षण गराएको बताए । यो विषयमा पार्टी सभापतिले आफ्नो पूर्णरुपमा ध्यानाकर्षण भएको लामाको भनाइ छ । 

शाहीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दर्तापछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाही प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप