जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण दलले गरायो देउवाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीमाथि वाइडबडी प्रकरणमा मुद्दा दायर गरिएकोबारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
शाहीमाथिको मुद्दाबारे तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको टोलीले आइतबार बुढानीलकण्ठ पुगेर सभापति देउवाको ध्यानाकर्षण गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य शाहीलाई फसाएको क्षेत्रीको टोलीको भनाइ थियो ।
‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो कांग्रेसमाथिको हमला गरिएको छ,’ क्षेत्रीको टोलीले देउवालाई भनेको थियो ।
छलफलमा उपस्थित तरुण दल केन्द्रीय सदस्य दिल लामाले पार्टी सभापति देउवालाई नेता शाहीमाथि निष्पक्ष रूपमा अनुसन्धान होस भनी ध्यानाकर्षण गराएको बताए । यो विषयमा पार्टी सभापतिले आफ्नो पूर्णरुपमा ध्यानाकर्षण भएको लामाको भनाइ छ ।
शाहीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दर्तापछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता शाही प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण