मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका ग्याजेट खोज्न सजिलो बनाउने एप ल्याउँदै गुगल

आइतबार, २५ चैत २०८०, १४ : २६
आइतबार, २५ चैत २०८०

क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले छिटै नयाँ एप लन्च गर्दैछ । गुगलसँग यसअघि नै फाइन्ड माई फोन थियो । अब भने कम्पनीले फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्दैछ । यो पहिलाको भर्जनको तुलनामा राम्रो हुने र एप्पलको फाइन्ड माई डिभाइसले झैँ काम गर्ने बताइएको छ ।

गुगलले गएको वर्ष यसको घोषणा गरेको थियो । यसलाई छिटै लन्च गर्न लागिएको बताइएको छ । यसको मद्दतले युजरले आफ्नो ग्याजेट ट्र्याक गर्न सक्नेछन् । ९टू५ गुगलमा छापिएको समाचारका अनुसार कम्पनीले अप्रिल ७ मा फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्न सक्नेछ ।

यसको सहयोगले हेडफोन, साँचो, स्मार्ट डिभाइस र अन्य एक्सेसरिज खोज्न सकिनेछ । यो एप अफलाइनमा पनि काम गर्नेछ । नेट नभएको बेलामा पनि डिभाइस वा फोनलाई ट्र्याक गर्न  सकिन्छ । यसमा फाष्ट पेयरिङको अप्सन पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप