हराएका ग्याजेट खोज्न सजिलो बनाउने एप ल्याउँदै गुगल
आइतबार, २५ चैत २०८०, १४ : २६
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले छिटै नयाँ एप लन्च गर्दैछ । गुगलसँग यसअघि नै फाइन्ड माई फोन थियो । अब भने कम्पनीले फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्दैछ । यो पहिलाको भर्जनको तुलनामा राम्रो हुने र एप्पलको फाइन्ड माई डिभाइसले झैँ काम गर्ने बताइएको छ ।
गुगलले गएको वर्ष यसको घोषणा गरेको थियो । यसलाई छिटै लन्च गर्न लागिएको बताइएको छ । यसको मद्दतले युजरले आफ्नो ग्याजेट ट्र्याक गर्न सक्नेछन् । ९टू५ गुगलमा छापिएको समाचारका अनुसार कम्पनीले अप्रिल ७ मा फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्न सक्नेछ ।
यसको सहयोगले हेडफोन, साँचो, स्मार्ट डिभाइस र अन्य एक्सेसरिज खोज्न सकिनेछ । यो एप अफलाइनमा पनि काम गर्नेछ । नेट नभएको बेलामा पनि डिभाइस वा फोनलाई ट्र्याक गर्न सकिन्छ । यसमा फाष्ट पेयरिङको अप्सन पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण