शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

सेयर बजारमा उत्साहप्रद सुरुवात : नेप्से सूचक २२.७५ अंकले बढ्यो

आइतबार, २५ चैत २०८०, १५ : २८
आइतबार, २५ चैत २०८०

काठमाडौँ । यो साताको सुरुवाती दिनमा नेप्से परिसूचकमा उत्साहप्रद वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २२.७५ अंकले बढ्दै २ हजार २६.८१ अंकमा उक्लिएको हो । 

अघिल्लो साताको पाँचै कारोबार दिन नेप्से सूचक ऋणात्मक हुँदै २००४ अंकमा झरेको थियो । त्यसो त आइतबार कारोबारमा समेत उच्च वृद्धि हुँदै ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् । आइतबार झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । 

तथापि, यता तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य भने आइतबार १० प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप