हजुरबुवाले गरे नातिनीलाई मिर्गौला दान

काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनीलाई मृगौला दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो ।
यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाइन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बिचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । प्रत्यारोपण पश्चात् अङ्गदाता ८१ वर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैटौँ दिनमा सकुशल डिस्चार्ज भएका छन् ।
१२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता
-
गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डको दुबईमा पहिलोपटक लाइभ कन्सर्ट