हजुरबुवाले गरे नातिनीलाई मिर्गौला दान
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनीलाई मृगौला दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो ।
यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाइन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बिचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा केन्द्र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । प्रत्यारोपण पश्चात् अङ्गदाता ८१ वर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैटौँ दिनमा सकुशल डिस्चार्ज भएका छन् ।
१२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण