रविलाई प्रदीप पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए ।
उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ ।’
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण