बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

फेसन, स्टाइल र ग्ल्यामरमय बन्यो हायात रिजेन्सी

सोमबार, २६ चैत २०८०, ११ : ५७
सोमबार, २६ चैत २०८०

काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी हो आइतबार साँझ फेसन, स्टाइल र ग्ल्यामरमय बन्यो । नमुना कलेज अफ फेसन टेक्नोलजीको १८ औँ ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरूले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरू ¥याम्पमाथि प्रस्तुत गरिएको थियो ।

fashion (6)

नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसँगै शुभारम्भ भएको उक्त ग्र्याजुएसन फेसन शो ‘निर्मिति नव्यता’ शीर्षकमा आयोजना भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकारात्मकता, स्वावलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइन र साडीमा उपस्थित ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्त्वबाट प्रेरित पहिरनमा सजिएका मोडलले साथ दिए ।

fashion (7)

४ वर्षको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम सेमेस्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परीक्षाको एउटा महत्त्वपूर्ण पाटोको रूपमा रहेको ग्र्याजुएसन फेसन शो मा यसपटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलङ्कृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, र्याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम  अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधतायुक्त अवधारणामा पहिरनहरू प्रस्तुत गरिएको थियो । हरेक राउन्डको अन्तिम सृजना, कल्पना, मिहेनत र मेकिङ अद्भूत समायोजन भएका क्रिएटिभ वेयरले रनवेमा उपस्थिति जनाएका थिए ।

fashion (8)

२३ जना युवती मोडलहरु र ९ जना युवा मोडलहरूको प्रस्तुतिमा रहेको फेसन शो को सम्पूर्ण मेकिङ कलेजको १८ औँ ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरूको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा भएको थियो । कोरियोग्राफर तथा निर्देशक रोजिन शाक्य रहेको कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा. शैलेशमणि पोखरेल, रजिष्ट्रार नीलमणि पोखरेल, व्यवस्थापन संकायका डीन डा.सन्देशदास श्रेष्ठ, एग्ज्याम कन्ट्रोलर बलेन्डु हमाल लगायतको उपस्थिति थियो ।

fashion (9)

नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा ‘निर्मिति नव्यता’ शीर्षक अन्तर्गत उक्त फेसन शो ले मूर्तरुप पाएको हो ।

करिब तीन घण्टा फेसनमय बनेको सो कार्यक्रममा भारतीय राजदूतावास, बंगालदेशी राजदूतावास तथा भारत नयाँ दिल्लीस्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलजी, एनआईएफटीका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । 

fashion (11)fashion (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप