गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
सोमबार, २६ चैत २०८०, १४ : ४४
नयाँदिल्ली । साेमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्णरूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ ।
यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ ।
सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एसियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ ।
अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्य ग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रसारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रसारण करिब तीन घण्टा जारी रहने बताएको छ । - (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण