ब्राजिलमा एलन मस्कमाथि जाँच पड्ताल सुरु
एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले अमेरिकी खर्बपति व्यापारी एलन मस्कमाथि जाँच पड्ताल सुरु गरेका छन् । न्यायाधीशले ब्लक गर्न आदेश दिएको एक्स खातालाई आफूले पुनः एक्टिभेट गराइदिएको मस्कको अभिव्यक्तिपछि उनीमाथि छानबिन सुरु भएको हो ।
अदालतको आदेश असंवैधानिक भएकोले खाता फुकुवा गरेको भन्दै मस्कले एक्समा एउटा पोस्ट गरेका थिए । उनले न्यायाधीश अलेक्जान्द्रे डि मोराइसलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न पनि भनेका थिए । एक्सले आदेशको पालना गरेन भने यसले दिनकै १९ हजार ७७४ डलर तिर्नु पर्नेछ । मस्कले सर्वोच्च अदालतविरुद्ध गलत सूचना अभियान सुरु गरेको मोराएइसले फैसलामा भनेका थिए ।
मस्कले फुकुवा गरेको खाता चरम दक्षिणपन्थी अभियानसँग सम्बन्धित भएको र यसले गएको वर्ष जनवरी ८ को एउटा दंगासँग सम्बन्धित सामाग्री पोस्ट गरेको थियो । एक्सलाई ब्राजिलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि मोराएसको चर्चा चुलिएको थियो । दंगासम्बन्धी मामिलामा मोराइसले राष्ट्रपति जेयर बोल्सोनारो र उनका समर्थकहरूमाथि पनि छानबिन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण