अल्लु अर्जुनले पुष्पा २ बाट कमाउँदैछन् ३३० करोड भारू
हैदरावाद । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म पुष्पाः द रुलको टिजर सोमबार सार्वजनिक भएको छ । अभिनेताको जन्मदिनको अवसर पारेर निर्माताहरुले फिल्मको टिजर सार्वजनिक गरेका थिए । रिलिज हुने बितिक्कै टिजर भाइरल बनेको छ । केही घन्टामै टिजरमा १ करोड भ्यूज आएको छ ।
कुनैबेला अल्लुले एउटा फिल्मका लागि १८ देखि २० करोड भारु पारिश्रमिक लिन्थे । द सियासत डेलीका अनुसार अर्जुनले पुष्पाः द राइजका लागि ५० करोड भारु शुल्क लिएका थिए । फिल्मको सफलतापछि फिल्मको दोस्रो भागका लागि उनले मेकरहरुसँग ९० करोड भारुदेखि १२५ करोड भारु माग गरेका बताइएको छ ।
‘द सियासत डेली’को अर्को खबरअनुसार अल्लुले ‘पुष्पा २’ को थिएटर, ओटीटी, स्याटेलाइट, डबिङ र अडियो अधिकारलगायत प्रि–सेल्सबाट कुल आम्दानीको ३३ प्रतिशत लिइरहेका छ । यदि यस्तो भयो भने अल्लुले यो फिल्मबाट करिब ३३० करोड कमाउन सक्नेछन् ।
यो एउटा कीर्तिमान हुनेछ । यसअघि सुपरस्टार रजनीकान्तले फिल्म ‘जेलर’ का लागि २१० करोड भारु लिएका थिए । यसबाहेक प्रभास, सलमान खान र शाहरुख खानले फिल्मका लागि १५० देखि २०० करोड भारु लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण