चुनावअघि कंगनाले किनिन् लक्जरी कार
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत हिजोआज निकै चर्चामा छिन् । भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी कंगना हिमाचलको मन्डीबाट लोकसभाको निर्वाचनमा लड्ने तयारसिमा छिन् । कंगनाले भर्खरै मात्रै शानदार लक्जरी कार लिएकी छिन् ।
अभिनेत्री मुम्बईमा एउटा सैलुनबाट निस्कीरहेको अवस्थामा देखिएकी थिइन् । सेतो डे«स र कालो चस्मा लगाएर सैलुनबाट निस्किएर कारमा बसेर जाँदै गरेको कंगनाको पापराजीहरुले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सैलुनबाट निस्किँदै गर्दा कंगनाले चढेको कार नयाँ हो ।
यो कार मर्सिडिज–मेब्याक जीएलएस भएको बताइएको छ । खबरका अनुसार कंगनाको नयाँ कारको मूल्य २ करोड ४३ लाख भारु रहेको छ । यो अभिनेत्रीको दोस्रो मेब्याक हो । यअघि नै उनले मर्सिडिज मेब्याक एस६८० पनि किनेकी थिइन् । यसको मूल्य करिब ३ करोड ६० लाख भारु थियो ।
कंगनाले नयाँ कार किनेको हो कि पुरानो मोडलसँग साटेको हो भन्न चाँहि स्पष्ट भइसकेको छैन । मेन्स एक्सपीको एउटा रिपोर्टअनुसार कंगनासँग एउटा बीएमडब्ल्यू ७–सीरीज र आउडी क्यू ३ कार पनि छ । कंगना यतिबेला चुनावको प्रचार प्रसारको तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण