शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावअघि कंगनाले किनिन् लक्जरी कार

सोमबार, २६ चैत २०८०, १७ : २६
सोमबार, २६ चैत २०८०

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत हिजोआज निकै चर्चामा छिन् । भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी कंगना हिमाचलको मन्डीबाट लोकसभाको निर्वाचनमा लड्ने तयारसिमा छिन् । कंगनाले भर्खरै मात्रै शानदार लक्जरी कार लिएकी छिन् ।

अभिनेत्री मुम्बईमा एउटा सैलुनबाट निस्कीरहेको अवस्थामा देखिएकी थिइन् । सेतो डे«स र कालो चस्मा लगाएर सैलुनबाट निस्किएर कारमा बसेर जाँदै गरेको कंगनाको पापराजीहरुले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सैलुनबाट निस्किँदै गर्दा कंगनाले चढेको कार नयाँ हो ।

यो कार मर्सिडिज–मेब्याक जीएलएस भएको बताइएको छ । खबरका अनुसार कंगनाको नयाँ कारको मूल्य २ करोड ४३ लाख भारु रहेको छ । यो अभिनेत्रीको दोस्रो मेब्याक हो । यअघि नै उनले मर्सिडिज मेब्याक एस६८० पनि किनेकी थिइन् । यसको मूल्य करिब ३ करोड ६० लाख भारु थियो ।

कंगनाले नयाँ कार किनेको हो कि पुरानो मोडलसँग साटेको हो भन्न चाँहि स्पष्ट भइसकेको छैन । मेन्स एक्सपीको एउटा रिपोर्टअनुसार कंगनासँग एउटा बीएमडब्ल्यू ७–सीरीज र आउडी क्यू ३ कार पनि छ । कंगना यतिबेला चुनावको प्रचार प्रसारको तयारीमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप