सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको घोडाघोडीमा दिदी बहिनी मृत फेला

मङ्गलबार, २७ चैत २०८०, १२ : २७
मङ्गलबार, २७ चैत २०८०

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१० मा दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले रातोपाटीलाई बताए ।

घरको दोस्रो तलामा आफू सुत्ने कोठामा दोपट्टाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप