सुनापति गाउँपालिका थाङ्का हब घोषणा
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाको कार्यालयले सो पालिकालाई थाङ्का हब घोषणा गरेका हुन् ।
सुनापति थाङ्कु कला हब घोषणासँगै ४० जनाका लागी थाङ्का लेख्ने तालिम सुरु गरिएको छ । तालिम ३ महिनासम्म चल्नेछ । सोमबार सुनापति गाउँपालिका वडा नम्बर–४ स्थित डहुमा आयोजित घोषणा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं प्रमुख अतिथिको रूपमा उपस्थित थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ र पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटा ‘कमल’ विशेष अतिथिको रूपमा उपस्थित थिए ।
सुनापति गाउँपालिका वडा नम्बर–३ हिलेदेवी र वडा नम्बर–४ स्थित डहु, भल्वाडी र बेथानलाई आधार मानेर थाङ्का हब घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले रातोपाटीलाई बताए ।
बौद्धधर्मावलम्बीले बनाउने थाङ्का उत्पादन गरेर स्वदेश तथा विदेशमा उत्पादन गर्ने र थाङ्काको ज्ञानबारे चर्चा गर्नेगरी सुनापतिलाई हब घोषणा गरिएको अध्यक्ष तामाङले जानकारी दिए । उनले भने,‘यहाँ कम्तीमा १ हजार मानिसलाई रोजगारी दिने हाम्रो लक्ष्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण