सुनापति गाउँपालिका थाङ्का हब घोषणा
_1EM2s3VaH8.jpg)
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाको कार्यालयले सो पालिकालाई थाङ्का हब घोषणा गरेका हुन् ।
सुनापति थाङ्कु कला हब घोषणासँगै ४० जनाका लागी थाङ्का लेख्ने तालिम सुरु गरिएको छ । तालिम ३ महिनासम्म चल्नेछ । सोमबार सुनापति गाउँपालिका वडा नम्बर–४ स्थित डहुमा आयोजित घोषणा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं प्रमुख अतिथिको रूपमा उपस्थित थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ र पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटा ‘कमल’ विशेष अतिथिको रूपमा उपस्थित थिए ।
सुनापति गाउँपालिका वडा नम्बर–३ हिलेदेवी र वडा नम्बर–४ स्थित डहु, भल्वाडी र बेथानलाई आधार मानेर थाङ्का हब घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले रातोपाटीलाई बताए ।
बौद्धधर्मावलम्बीले बनाउने थाङ्का उत्पादन गरेर स्वदेश तथा विदेशमा उत्पादन गर्ने र थाङ्काको ज्ञानबारे चर्चा गर्नेगरी सुनापतिलाई हब घोषणा गरिएको अध्यक्ष तामाङले जानकारी दिए । उनले भने,‘यहाँ कम्तीमा १ हजार मानिसलाई रोजगारी दिने हाम्रो लक्ष्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी