बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निरङ्कुश कम्युनिस्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए : तरुण दल

मङ्गलबार, २७ चैत २०८०, १५ : २१
मङ्गलबार, २७ चैत २०८०

विराटनगर । तरुण दल कोशीका केन्द्रीय सदस्यहरूले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएका छन् । 

एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका साथै तीन जना मन्त्रीहरूले सोमबार राजीनामा बुझाएका थिए । उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै नाटकीय रूपमा संविधान विपरीत सर्वसत्तावादी सोच, लोकतन्त्रमा विश्वासमा नराख्ने निरङ्कुश कम्युनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको दाबी गरेका हुन् । 

‘नेपालको संविधानको मूल मर्मलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनजीविकाको सवाल र प्रदेशको विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाइरहेको अवस्थामा नियोजित रूपमा अवरुद्ध पार्ने, संविधानविरुद्ध बलमिच्याइँ गर्ने तत्त्वका विरुद्ध नेपाल तरुण दल वैचारिक र कानुनी बहस गर्न तथा संविधानको रक्षार्थ सतिसाल झैँ उभिने र आवश्यकता अनुसार प्रतिकारमा उत्रने समेत तयार रहेको कुरा सम्प्रेषण गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।

 यस्तै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई संविधानको रक्षा र पालना गर्न आग्रह गर्दै संविधान विपरीत कसैको उक्साहट र प्रलोभनमा पारेर सरकारका विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह पनि गरेको छ । 

Tarun

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप