निरङ्कुश कम्युनिस्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए : तरुण दल
विराटनगर । तरुण दल कोशीका केन्द्रीय सदस्यहरूले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएका छन् ।
एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका साथै तीन जना मन्त्रीहरूले सोमबार राजीनामा बुझाएका थिए । उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै नाटकीय रूपमा संविधान विपरीत सर्वसत्तावादी सोच, लोकतन्त्रमा विश्वासमा नराख्ने निरङ्कुश कम्युनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको दाबी गरेका हुन् ।
‘नेपालको संविधानको मूल मर्मलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनजीविकाको सवाल र प्रदेशको विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाइरहेको अवस्थामा नियोजित रूपमा अवरुद्ध पार्ने, संविधानविरुद्ध बलमिच्याइँ गर्ने तत्त्वका विरुद्ध नेपाल तरुण दल वैचारिक र कानुनी बहस गर्न तथा संविधानको रक्षार्थ सतिसाल झैँ उभिने र आवश्यकता अनुसार प्रतिकारमा उत्रने समेत तयार रहेको कुरा सम्प्रेषण गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई संविधानको रक्षा र पालना गर्न आग्रह गर्दै संविधान विपरीत कसैको उक्साहट र प्रलोभनमा पारेर सरकारका विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण