शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार

मङ्गलबार, २७ चैत २०८०, १५ : ५५
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिन २२ अंकमाथिले नेप्से बढेर सुखद सुरुवात भएकोमा दोस्रो कारोबार दिन मंगलबार थप ९.१४ अंकले बढ्दै नेप्से सूचक २ हजार ३६.०१ अंकमा उक्लिएको हो । 

अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो । 

मंगलबार नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार  ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

९ अंकमाथिले नेप्से बढेको यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । 

कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार १५० कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । 

मंगलबार जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप