नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिन २२ अंकमाथिले नेप्से बढेर सुखद सुरुवात भएकोमा दोस्रो कारोबार दिन मंगलबार थप ९.१४ अंकले बढ्दै नेप्से सूचक २ हजार ३६.०१ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।
मंगलबार नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
९ अंकमाथिले नेप्से बढेको यस दिन होटल तथा पर्यटन, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् ।
कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार १५० कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
मंगलबार जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण