बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘लण्डन टु पेरिस’को ‘खुल्ला आकाश’गीतमा रोमान्टिक साम्राज्ञी र निश्चल

मङ्गलबार, २७ चैत २०८०, १६ : १६
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्काको अभिनय छ । 

घनश्याम लामिछाने निर्देशित फिल्म आगामी जेठ २५ गतदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको गीतमा हर्कुलस बस्नेतको शब्द, स्वर तथा संगीत छ ।

फिल्ममा साम्राज्ञी र निश्चलको अलवा कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । निश्चल र गरिमा दुवैको यो डेब्यू फिल्म हो । 

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ । परी राना, अमित बस्नेत, आरोन बस्नेत र एरियाना बस्नेत निर्माता रहेको फिल्ममा सनिश खकुरेल सह–निर्मातामा छन् । 

अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप