शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

५०० करोड बजेटको पुष्पा–२ ले रिलिज अघि नै १००० करोड कमाउला ?

मङ्गलबार, २७ चैत २०८०, १७ : ०७
मङ्गलबार, २७ चैत २०८०

नयाँ दिल्ली । यतिबेला भारतीय फिल्म उद्योगमा पुष्पाः द रुलको चर्चा छ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले नेशनल अवार्ड जितेपछिको यो पहिलो फिल्म हुनेछ । पुष्पा २ फिल्मको टिजर सोमबार रिलिज भएको थियो । 

फिल्मको सिक्वेलले करोडौं भ्युज पाइसकेको छ । हरेक मिनेट भ्युजको संख्या बढिरहेको छ । चलचित्रको छायाङ्कन भइरहेको छ । छायाङ्कन हुन अब केही दृश्य मात्रै बाँकी छन् । यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुँदैछ । सिनेमाघरमा आउनुअघि नै निर्माताहरूले फिल्मबाट पैसा कमाउन थालिसकेका छन् ।

एउटा नयाँ रिपोर्टका अनुसार प्रमुख उत्तर भारतीय वितरण कम्पनीले फिल्मको विशेष अधिकार सुरक्षित गर्न निर्माताहरूलाई हजार करोड रुपैयाँ प्रस्ताव गरेको छ । कम्पनीले रिलिजअघि नै निर्मातालाई १००० करोड अफर दिएको खबरले पुष्पा २ को लागि दर्शकको उत्साह दोब्बर बनाइदिएको  छ । चलचित्र प्रेमी मात्रै होइन चलचित्र विश्लेषकहरू पनि पुष्पा २ बारे ठूलठुला कुरा गरिरहेका छन् । तर, माइथ्री मूभी मेकसले यस्तो खाले सम्झौतामा हस्ताक्षर गरिनसकेको बताइएको छ । निर्माताहरू फिल्म उद्योगका सबैभन्दा ठुला वितरकहरूबाट महत्त्वपूर्ण र ठुला प्रस्तावको पर्खाइमा रहेको देखिन्छ ।

यस अघि सियासतको रिपोर्ट अनुसार पुष्पा २ का निर्माताहरूले यसको थिएटर अधिकार सम्झौताको लागि एक हजार करोड वा सोभन्दा बढी मागेका थिए । फिल्मले एसएस राजामौलीको आरआरआर भन्दा राम्रो प्रदर्शन गर्ने भन्ने आशा पनि छ । आरआरआरले थिएटर अधिकारमा ९०० करोड भारु कमाएको थियो । हालै ट्रेड एनालिस्ट रमेश बालाले पनि आफ्नो सामाजिक अकाउन्टमा पुष्पा २ बारे ट्विट गरेका थिए । उनले आफ्नो ब्लगमा ‘पुष्पाः द रुल’ले २ दिनमै १०० करोड भारुभन्दा बढीको बक्स अफिस कलेक्सन गर्ने बताएका थिए । पुष्पाः द रुलको सफलतासँगै अल्लु अर्जुन पहिलेको भन्दा ठूलो स्टार बन्ने उनी बताउँछन् ।

बक्स अफिस कलेक्शनबारे कुरा गर्दा फिल्मले सजिलै १०० करोडको ओपनिङ गर्न सक्ने उनको भनाइ छ । फिल्मको कन्टेन्ट  पुष्प १ जत्तिकै राम्रो कन्टेन्ट भयो भने यसले १००० करोड भारुको व्यापार गर्न सक्ने उनी बताउँछन् । पब्लिसिटी र एक्साइटमेन्ट हेर्दा सोलो रिलिज हुने सम्भावना धेरै छ, धेरै कुरामा भर पर्छ । पुष्पा २ ले हिन्दीमा मात्रै ४०–५० करोड भारुको ओपनिङ लिन सक्ने उच्च सम्भावना भएको अर्का ट्रेड एनालिस्ट अक्षय राठीले भनेका छन् । पुष्पा २ बक्स अफिसमा ब्लकबस्टर हुने भविष्यवाणी कयौं विज्ञले गरेको टाइम्स अफ इन्डियाको रिपोर्टमा भनिएको छ । पुष्पा २ को लाइफटाइम कमाई १००० करोडभन्दा बढी हुन सक्ने बताइएको छ ।

पुष्पा ४५० देखि ५०० करोड भारुको बजेटमा बनाउन लागिएको प्यान इन्डियन फिल्म हो । पुष्पा–१ जस्तै सिक्वेलमा पनि ओटीटी र वितरकहरूको अधिकारको हिसाबले दोब्बर ध्यान आकर्षित भइरहेको छ । फिल्मको ख्यातिले आकाश छोइरहेको बेलामा सबैको आँखा पुष्प–२ को रिलिजमा छ । फिल्लमा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिनेछन् । फहद फासिल खलनायकको भूमिकामा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप