आगलागी घटना
सशस्त्रको स्टोरमा भएको आगलागीबारे छानबिन गर्न अर्को समिति गठन
मङ्गलबार, २७ चैत २०८०, १७ : ३७
काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरेका हुन् ।
सोमबार आगलागी हुनासाथ सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए । गृहमन्त्री लामिछानेले गठन गरेको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव रसागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य छन् ।
सहसचिव पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण