सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिटमा आजलाई पेसी

बुधबार, २८ चैत २०८०, ०८ : २८
बुधबार, २८ चैत २०८०

काठमाडौँ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबीसहित बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजलाई पेसी तोकिएको छ ।  गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्याउनु असंवैधानिक भएको भन्दै मंगलबार रिट निवेदन दायर गरेका थिए । 
      
उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेकोले उनलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुरयाउन नमिल्ने जिकिर गरिएको छ । उक्त विवादको सुनुवाइ आज हुने भएको हो ।
      
यसअघि, कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप