मौलापुरको एकीकृत बस्तीमा आगलागी, ३ गोठ जले, ४ चौपाया मरे
बुधबार, २८ चैत २०८०, ०९ : १३
रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादापुर एकीकृत दलित बस्तीमा गए राति आगलागी भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार, जगदेव महरा चमार, रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ।
घर गोठभित्र रहेका ग्यास सिलिन्डर, खद्यान्न सामाग्री, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्रा मरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए ।
आगलागीबाट पाँच लाख बढीको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’
-
भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
-
जुलाई ५ मा तेस्रो बिहे गर्दैछन् आमिर खान
-
फ्री भिसा फ्री टिकट नीति ठीक छैन भन्दैमा नमान्ने छुट कसैलाई छैन
-
ट्रम्प प्रशासनलाई कम्पनीको ५ प्रतिशत हिस्सा दिँदैछ ओपनएआई
-
अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकपकाे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण