मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने

बुधबार, २८ चैत २०८०, ०९ : ३२
बुधबार, २८ चैत २०८०

जनकपुर । मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो । 

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ । 

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप