बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, २८ चैत २०८०, १० : २१
बुधबार, २८ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् । आज उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

यस्तै लगानीको वातावरण सुधार गर्नका लागि बैशाकमा लगानी सम्मेलन आयोजना गर्न लागेको दाहालले बताए । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संशोधन गर्न लागेको उनको भनाई छ । 

सम्भव भएमा सांसदबाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको  ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ । यसो हुँदा उद्योगी व्यवसायीको मनोबल थप बढ्ने र विदेशी लगानीकर्ता समेत आकर्षित बनेर लगानी बढ्ने छ । 

'यसबाहेक , पुँजिगत खर्च बढाउँदै निजी क्षेत्रको मनोबल बढाउनमा सरकार सम्पूर्ण ध्यान केन्द्रित गरेको छ', प्रधानमन्त्री दाहालले भने, 'निजी क्षेत्रसँग समन्वय गरेर लगानी बिस्तार गर्न सर्कार तयार छ ।' यस्तै महासङ्घले सरकार समक्ष राखेको अपेक्षा पुर गर्नतर्फ लाग्ने दाहालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप