सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

बुधबार, २८ चैत २०८०, १० : ५३
बुधबार, २८ चैत २०८०

न्यूयोर्क । सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो ।

केही टिकटक प्रयोगकर्ताहरूले उनीहरूको फोटो पोस्टहरू नयाँ ‘टिकटक नोट्स’ मा सेयर गरिने नोटिफिकेसन समेत पाएका छन् । सामाजिक सञ्जाल कम्पनीले एक अर्काको उत्पादनलाई नक्कल गरेको यो पछिल्लो उदाहरण हो । यसअघि इन्सटाग्रामले टिकटकको भिडियो टूलजस्तै ‘रिल्स’ सुरुवात गरेको थियो ।

टिकटकले नोट्स एपको डिजाइन पूरा भने गरिनसकेको बताएको छ । कम्पनीले यो कहिले रिलिज गर्ने भन्नेबारे पनि कुनै जानकारी दिएको छैन । 

तर, केही प्रयोगकर्ताहरूले प्राप्त गरेको नोटिफिकेसन अनुसार नयाँ एपले ध्वनि र फिल्टरसहित फोटोहरू अपलोड र सेयर गर्न दिनेछ ।

-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप