इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक
बुधबार, २८ चैत २०८०, १० : ५३
न्यूयोर्क । सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो ।
केही टिकटक प्रयोगकर्ताहरूले उनीहरूको फोटो पोस्टहरू नयाँ ‘टिकटक नोट्स’ मा सेयर गरिने नोटिफिकेसन समेत पाएका छन् । सामाजिक सञ्जाल कम्पनीले एक अर्काको उत्पादनलाई नक्कल गरेको यो पछिल्लो उदाहरण हो । यसअघि इन्सटाग्रामले टिकटकको भिडियो टूलजस्तै ‘रिल्स’ सुरुवात गरेको थियो ।
टिकटकले नोट्स एपको डिजाइन पूरा भने गरिनसकेको बताएको छ । कम्पनीले यो कहिले रिलिज गर्ने भन्नेबारे पनि कुनै जानकारी दिएको छैन ।
तर, केही प्रयोगकर्ताहरूले प्राप्त गरेको नोटिफिकेसन अनुसार नयाँ एपले ध्वनि र फिल्टरसहित फोटोहरू अपलोड र सेयर गर्न दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण