नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । आइतबार र मंगलबार गरी ३१ अकंमाथिले बढेको नेप्से सूचक तेस्रो कारोबार दिन बुधबार १०.७१ अंकले घट्दै २ हजार २५.३० अंकमा ओर्लिएको हो । सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।
बुधबार नेप्से सूचक घटेसँगै यता कारोबार समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन ९ अंकले नेप्से बढेको बजारमा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
बुधबार म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको दुईवटा उपसूचक बाहेक अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१३ प्रतिशत र १.४६ प्रतिशतले बढेका छन् ।
कूल २४५ कम्पनी मध्ये आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण