सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकता : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौँमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरू विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्ने बताएका हुन्।
रोजगारी सृजना गर्नका लागि निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, ‘सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ ।,’ त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधैँ तयार रहेको पनि उनले स्पष्ट पारे।
त्यस्तै, आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिइएको बताए। ‘मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ । जहाँ हामीले ६ महिना भन्दा कम अवधिको भोकेशनल तालिम प्रदान गर्ने योजना बनाएका छौं । त्यस्तै, शिक्षा मन्त्रालय अन्तर्गत रहेको सिटिईभिटीसँग पनि समन्वय गरी हरेकलाई सिप सिकाउनु पर्छ भन्नेमा हामी छौ,’ उनले भने।
आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहन्छ भने पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन सबैलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण