खगेन्द्र संग्रौलासहित १० जना स्रष्टालाई प्रज्ञा पुरस्कार
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका १० जना स्रष्टालाई प्रज्ञा पुरस्कार २०८० प्रदान गरेको छ ।
राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले खगेन्द्र संग्रौलासहित मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्राडा देवीप्रसाद गौतम, वम देवान, राजव, गंगा कर्माचार्य र पदम विश्वकर्मालाई पुरस्कृत गरेको हो ।
प्रज्ञाका पुरस्कारहरूमा अनुवादतर्फ संग्रौला, दर्शनमा सिंह, सामाजिक शास्त्रतर्फ श्रेष्ठ, संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पौडेल र समालोचना तथा साहित्येतिहास पुरस्कार कृष्ण गौतमलाई दिइएको हो । यस्तै भाषामा प्राडा.गौतम, साहित्यमा पद्यतर्फ देवान, गद्यतर्फ राजव, बाल साहित्यमा कर्माचार्य र अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ ।
प्रत्येक १० विधामा बर्सेनि दिइँदै आएका यी पुरस्कारमा सम्मान पत्रसहित जनही एक लाख रुपियाँ राशि छ । वितरण कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठान ओहोदावाला औपचारिकताबाट विस्तारै हटिरहेको बताए ।
उनले भने, ‘यो राष्ट्रिय ओहोदावाला झण्डावालाको कुरा आयो नि, यो ओहोदावाला औपचारिकताबाट विस्तारै विस्तारै अब हामी हट्दैछौं । यो नयाँ काम हामीले गर्दैछौं र त्यो विस्तारै औपचारिकताबाट हट्दै प्राज्ञिक क्षेत्रको प्राज्ञिक मूल्यलाई हामी अनुमोदन गर्नेतर्फ जाँदै छौं ।’
देशकै राष्ट्रिय संरचनाहरुमध्ये विरोधीको पनि काम गर्ने प्रज्ञा प्रतिष्ठान एक मात्र रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण