केन्द्रीय स्टोर आगलागी : सशस्त्रका एसपीसहित २० जना छानबिनको दायरामा
काठमाडौँ । सशस्त्र प्रहरीको केन्द्रीय लेखा स्टोरमा भएको आगलागीबारे एआईजी नेतृत्वको समितिले छानबिन सुरु गरेको छ । चैत २६ मा भएको आगलागीबारे एआईजी वंशीराज दाहाल नेतृत्वको समितिले छानबिन सुरु गरेको छ ।
बलम्बु स्थित केन्द्रीय स्टोरमा भएको घटनाबारे सशस्त्र प्रहरी बलका एसपीसहित २० जना छानबिनको दायरामा आएका छन् । भण्डार महाशाखामा कार्यरत ७ जना सुरक्षाकर्मी, नम्बर–९ पशुपतिनाथ बाहिनीका एसपी सहित ११ जना र एपीएफ अस्पतालबाट मुख्य गेटमा खटिएका दुई जनालाई सोधपुछका लागी मुख्यालयमा झिकाइएको छ । छानबिन पुरा नहुन्जेल उनीहरू मुख्यालयमा नै रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आगलागी भएको केन्द्रीय स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीले लिएको थियो । आगलागी हुँदा सुरक्षा ड्युटीमा रहेका उपरीक्षक सहितका सशस्त्रका कर्मचारी छानबिनको दायरामा आएका हुन् । समितिले घटनास्थल सिल गरेर सुरक्षाका लागी नयाँ टोली परिचालन गरेको छ । समितिले सिसिटिभीको फुटेज पनि अध्ययन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण