आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय स्टोर आगलागी  : सशस्त्रका एसपीसहित २० जना छानबिनको दायरामा

बुधबार, २८ चैत २०८०, १८ : २६
बुधबार, २८ चैत २०८०

काठमाडौँ । सशस्त्र प्रहरीको केन्द्रीय लेखा स्टोरमा भएको आगलागीबारे एआईजी नेतृत्वको समितिले छानबिन सुरु गरेको छ । चैत २६ मा भएको आगलागीबारे एआईजी वंशीराज दाहाल नेतृत्वको समितिले छानबिन सुरु गरेको छ ।

बलम्बु स्थित केन्द्रीय स्टोरमा भएको घटनाबारे सशस्त्र प्रहरी बलका एसपीसहित २० जना छानबिनको दायरामा आएका छन् । भण्डार महाशाखामा कार्यरत ७ जना सुरक्षाकर्मी, नम्बर–९ पशुपतिनाथ बाहिनीका एसपी सहित ११ जना र एपीएफ अस्पतालबाट मुख्य गेटमा खटिएका दुई जनालाई सोधपुछका लागी मुख्यालयमा झिकाइएको छ । छानबिन पुरा नहुन्जेल उनीहरू मुख्यालयमा नै रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

आगलागी भएको केन्द्रीय स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीले लिएको थियो । आगलागी हुँदा सुरक्षा ड्युटीमा रहेका उपरीक्षक सहितका सशस्त्रका कर्मचारी छानबिनको दायरामा आएका हुन् । समितिले घटनास्थल सिल गरेर सुरक्षाका लागी नयाँ  टोली परिचालन गरेको छ । समितिले सिसिटिभीको फुटेज पनि अध्ययन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप