स्पेनका प्रधानमन्त्रीले भने– प्यालेस्टाइनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिन तयार छौँ
बुधबार, २८ चैत २०८०, २१ : ३४
मड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिन स्पेन तयार रहेको बताएका छन् । यसले मध्यपूर्वमा तनाव समाप्त गर्ने दिशामा कदम चाल्ने पेड्रोको विश्वास छ ।
स्पेनी कांग्रेसलाई सम्बोधन गर्दै पेड्रोले भने, ‘यो युरोपको भौगोलिक हितमा छ ।’ उनले मान्यताको लागि युरोपेली सङ्घका नेताहरूको समर्थन प्राप्त गर्ने प्रयास गर्ने पनि बताए ।
पेड्रोले गाजामा इजरायलको आक्रमणलाई अनुचित भनेका छन्। उनले सुरुदेखि नै हमासविरुद्ध इजरायलको कारबाहीको आलोचना गर्दै आएका छन्।
यसअघि अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु शान्तितर्फको राम्रो कदम हुने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण