पेरिस ओलम्पिकमा नयाँ टिकट जारी
पेरिस । खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बुधबार बताए ।
“आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि दुई लाख ५० हजार नयाँ टिकट बिक्रीका लागि राख्नेछौँ”, उनले पत्रकारहरूसँग भने ।
यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए ।
जिम्नास्टिकका लागि कूल १० हजार टिकट उपलब्ध गराइने छ । पौडीका लागि १५ हजार, टेनिसका लागि १२ हजार र बिच भलिबलका लागि ३५ हजार टिकट जारी गरिने छ । यी खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।
अधिकांश टिकट समग्रमा ७९ लाख टिकट पहिला नै बिक्री भइसकेकाले एस्टान्गुएटले चेतावनी दिँदै भने, “तपाईं छिटो हुनुपर्छ ।” आयोजक समितिका अनुसार यसअघिका खरिदकर्ताहरूमा दुई तिहाई फ्रान्सेली थिए तर एक सय ५० विभिन्न मुलुकका मानिसले पनि टिकट सुरक्षित गरेका छन् ।
पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण