बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रविमाथि प्रश्न उठाएर कांग्रेस नयाँ गठबन्धन तोड्न चाहन्छ: प्रचण्ड

'राजनीतिक समझदारीबाटै सदनको अवरोध खोल्छाैँ'
बिहीबार, २९ चैत २०८०, ०९ : ५८
बिहीबार, २९ चैत २०८०

मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अर्थ्याए । 

उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई  कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो । 

छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेकोले फेरि समिति बनाएर के छानबिन गर्ने ? भन्दै उनले प्रश्न पनि गरे । 

रवि लामिछानेको केस अलग र सहकारी समस्या समाधानको विषय अलग गरेर अघि बढ्यो भने समाधान निस्कन सक्नेतर्फ उनले सङ्केत गरे । साथै सदनको अवरोध खोल्ने काममा सरकारसँगै सभामुख पनि सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने प्रचण्डले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप