महिला शिक्षकले सरुवा माग्दा ‘शारीरिक सम्बन्धको प्रस्ताव’
विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सरुवा मिलाउन शारीरिक सम्बन्धको प्रस्ताव गरेको भन्दै नेपाल शिक्षक महासंघले खेद प्रकट गरेको छ ।
नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाले एक विज्ञप्ति प्रकाशित गर्दै काफ्लेलाई कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराएको छ ।
‘मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले शिक्षकले जिल्लान्तर सरुवाको सन्दर्भमा एक महिला शिक्षकसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जर च्याटका स्क्रिनसटसहित सम्बन्धित महिला शिक्षकबाट नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङमा प्राप्त भएको निवेदनमा उल्लेख भएको घटनाप्रति नेपाल शिक्षक महासङ्घ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पदीय मर्यादा, निजामती सेवाको आचरण र आचारसंहिता विपरीत सरकारी कर्मचारीबाट भएको यस्तो निन्दनीय हर्कतप्रति खेद प्रकट गर्दछौं । सेवाग्राहीलाई निःस्वार्थ सेवा दिनुपर्ने कर्मचारीबाट भएको यस्तो व्यवहारको उचित छानबिन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै न्याय निरूपणका सन्दर्भमा नेपाल शिक्षक महासङ्घ जिल्ला समिति मोरङ पीडितका पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
काफ्लेले एक महिला शिक्षिकाले भनेको ठाउँमा सरुवा मिलाउन अनुचित प्रस्ताव गर्दै म्यासेज गरेका थिए । पुरानो उक्त म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
कानेपोखरी गाउँपालिकाका शिक्षक महासंघका अध्यक्ष धर्मराज थापाले पीडित शिक्षक महिलाले आफूहरुलाई घटनाको विषयमा विस्तृत जानकारीसहित उजुरी दिएको बताए । उनको निवेदनको आधारमा आफूहरूले पालिकालाई जानकारी गराए पनि कानूनी कारबाही नभएको गुनासो गरे ।
_8ArQSO8fzv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक
-
कोशी प्रदेशसभा बैठक सुरु
-
६ बुँदे सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य, के छ लिखित सहमतिमा ?
-
१३ पटक फेरिए आयोजना प्रमुख तर २४ वर्षदेखि उस्तै छ हालत
-
‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करण सुरु
-
पुनर्निर्माण कोषमा १० हजार सहयोग गर्नेलाई अर्थ मन्त्रालयले कदरपत्र प्रदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण