राजस्थानका कप्तान सन्जु सामसनलाई अर्को झट्का, १२ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो । जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि यो पहिलो हार हो ।
गुजरातविरुद्धको उक्त खेलमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनका लागि निराशाजनक रह्यो । एकातिर टोलीले पहिलो हार भोग्नुपर्यो भने अर्कोतिर, कप्तानको रुपमा उनले १२ लाख भारतीय रुपैयाँ जरिवाना पनि तिुर्नपर्यो ।
जयपुरमा खेलिएको खेलमा ‘स्लो ओभर रेट’ का कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले सात विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । राजस्थानले अन्तिम ओभर बलिङ गर्नुअघि नै खेल पाँच मिनेट ढिलो भइसकेको थियो ।
जारी सिजनको आईपीएलमा राजस्थानको यो पहिलो गल्ती भएकाले न्युनतम सजायमात्र गरिएको जानकारी आईपीएल आयोजकले दिएको छ । यसअघि लगातार दुई खेलमा ‘स्लो ओभर रेट’ कै कारण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले पनि २४ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।
ऋषभले पहिलोपटक गल्ती गर्दा १२ लाख र दोस्रो पटक गल्ती गर्दा २४ लाख गरी कुल ३६ लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् । यसका अतिरिक्त गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ का कारण १२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण