बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम ?

बिहीबार, २९ चैत २०८०, १७ : २५
बिहीबार, २९ चैत २०८०

काठमाडौँ ।  नयाँ वर्षको पहिलो दिनको मौसम कस्तो होला भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिवार नै परेकाले बिदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो ।

त्यस दिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि देखाएको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखा जनाउँछ ।

शनिवार राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उपत्यकामा वर्षाले राहत

आज भने केही दिन यता बाक्लो धुलोले प्रदूषित भएको काठमाडौँ उपत्यकाको आकाश आज अपराह्न परेको पानीले सफा बनाएको छ । श्वासप्रश्वासमा समेत जोखिम हुने गरी वायु प्रदूषण भएको भनेर चिकित्सकहरूले चेतावनी नै दिएका थिए । तर अपराह्नको वर्षापछि उपत्यकाको जनजीवनमा केही राहत महसुस गरिएको छ ।

करिब एक सातादेखि काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहरमा गनिँदै आएको थियो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ । 

महाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने र ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायु प्रदूषण न्यूनीकरणमा भने राहत मिल्ने महाशाखाले जनाएको छ । 

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप