त्रिवि अर्थशास्त्र विभागमा बहस – सरकारले ल्याएको बजेट कस्तो ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबारे बहस भएको छ । अर्थशास्त्र विद्यार्थी समाज(इकोस)को आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बुधबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबारे बहस भएको हो ।
छलफलमा उपस्थितहरूले बजेटमाथि प्रश्न गर्ने ठाउँ भए पनि धेरै कुराहरू सकारात्मक भएको बताएका छन् । केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापक तथा विद्यार्थीहरूले छलफलमा सरकारले युवा उद्यमशीलताको विषयलाई गम्भीरताका साथ अघि बढाउनुपर्ने जोड दिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले हाल मुलुकमा लगानीमा समस्या रहेको बताए। बजेटले लगानीमा देखिएको सम्बोधनको प्रयास गरेको उनले उल्लेख गरे ।
'हाल कायम रहेको अधिक तरलतालाई लगानीमा रूपान्तरण गर्ने अवसर तयार भएको छ। अब निजी क्षेत्रले गम्भीरतासाथ प्रस्तुत हुनुपर्छ,’ उनले भने । प्रा.डा. ज्ञवालीले कम्युनिस्ट सरकारले ल्याउन सक्ने अधिकतम उद्धार बजेट भएको बताए । निजी क्षेत्र चलायमान हुनासाथ अर्थतन्त्रका जटिलता कम हुँदै जाने उनले बताए ।
उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बजेटमा निजी क्षेत्रका धेरै मागहरू सम्बोधन गरिएको बताए। तर यसको कार्यान्वयनमा चुनौती हुने गरेको बताए । बजेटमा भएका व्यवस्था कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण