पोखराको लेकसाइडमा सुरु भयो नव वर्ष महोत्सव
पोखरा । पोखरामा नव वर्ष महोत्सव सुरु भएको छ । होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । बिहीबार विशेष कार्यक्रमका बिच पोखराका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरे । आचार्यले सिमसार पुरेर फाइदा लिने विरुद्ध महानगरपालिका कठोर बन्ने बताए । अहिले ताल आसपासका सिमसार क्षेत्र दिनदिनै पुरिन थालेको छ ।
उनले फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्च अदालतले गरेको फैसला अनुरूप अहिले प्राविधिक जाँचबुझ भइरहेको बताएका छन् । अदालतले चैत ९ भित्र सबै मापदण्ड विपरीतका संरचना हटाउनुपर्ने फैसला गरेपनि प्रदेश र महानगरले फैसला अनुरूप काम गरेका छैनन् । मेयर आचार्यले कसैलाई अन्याय नहुने गरी मापदण्ड क्लियर गर्ने बताएका छन् ।
पोखरा पर्यटनको राजधानी घोषणा भइसकेकोले यस्ता इभेण्टहरुबाट पर्यटन विकासमा अझै टेवा पुग्ने दाबी आचार्यको छ । ‘पोखरा पर्यटनको राजधानी भइसक्यो । यस्ता इभेण्टहरुले पर्यटन विकासमा सहयोग पुग्छ,’ उनले भने, ‘तर हाम्रा व्यवहार पनि पर्यटन मैत्री हुनुपर्छ ।’ उनले रात्रिकालीन व्यवसायका लागि छुट्टै अनुमति दिने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायलाई स्टिकर वितरण गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
होटल सङ्घले वर्षेनी नेपाली नयाँ वर्षको अवसरमा महोत्सव गर्दै आएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवकै अवसरमा पोखराका होटलहरुले २० प्रतिशतसम्म छुट दिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । निःशुल्क प्रवेश हुने महोत्सव ड्यामसाइडचोकदेखि खहरे चोकसम्म आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण